भोलि बिधालय बाट पुरस्कार वितरण तथा गणेश पोबिसरा स्मृति कोषबाट संचालित जेहेन्दार, उत्कृष्ट नतिजा प्राप्त गर्ने बिधार्थी एबम शिक्षक र खेलाडीहरुलाई सम्मान गर्ने र सम्पूर्ण कार्यक्रम समापन हुने विधालय परिवार ले जनाएको छ ।
दीपशिखा माध्यमिक विद्यालय कुहूँ काे ६४ औँ वार्षिकोत्सब तथा ३२ औँ अभिभावक दिवस एवंम् गणेश पोबिसरा स्मृति कोषको सप्ताह खेलकुद कार्यक्रम शुरु
म्याग्दीको मंगला गाउँपालिका-१ कुहूँ ,मा अबस्थित दीपशिखा माध्यमिक विद्यालय कुहूँ काे ६४ औँ वार्षिकोत्सब तथा ३२ औँ अभिभावक दिवसको अबसरमा सप्ताह खेलकुद कार्यक्रम पहिलाे दिन साविक वडा स्तरीय पुरूष तथा महिला अभिभावक भलिबल खेलहरू मध्ये पुरूष अभिभावक खेलहरू सम्पन्न भएका छन् भने महिला अभिभावक खेलमा फाइनल खेल मात्र बाँकी रहेकाे छ । सावित पुरूष अभिभावक खेलमा वडा नं ३ प्रथम हुन सफल हुनुभएको छ भने वडा नं ५ द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको छ ।
मंगला गाउँपालिका -१ कुहूँ मा अबस्थित दीपशिखा माध्यमिक विद्यालय को ३२ औँ अभिभावक दिवस तथा ६४ औँ वार्षिकोत्सबको आज दोस्रो दिन गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबल खेलहरु सञ्चालन भएका थिए ।
छात्र भलिबल खेलमा दीपशिखा माध्यमिक विद्यालय (निलो) र मंगला माध्यमिक विद्यालय फाइनल प्रवेश गर्न सफल भएका छन् । आज सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा दीपशिखा माध्यमिक विद्यालय (निलो) ले त्रिभुवन मंगला माध्यमिक विद्यालय र्यालेखोरलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा मंगला माध्यमिक विद्यालय बाबियाचौरले महेन्द्ररत्न माध्यमिक विद्यालय बरङ्जालाई पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल रह्यो । खेलमा सहभागी सम्पूर्ण विद्यालय तथा विद्यालयका खेलाडी भाइहरुलाई दीपशिखा माध्यमिक विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
भोलि ठिक १० बजेबाट छात्रातर्फका खेलहरु सञ्चालन हुने भएकाले टाइसिट अनुसार उपस्थित भइदिनुहुन पनि अनुरोध गर्न आयोजकले जनाएको छ।
कुहूँ गाउँका समाजसेवी क्याप्टेन केशर घर्ती अब सम्झनामा
म्याग्दीको सदरमुकाम बेनीबजारदेखि उत्तर–पश्चिम क्षेत्रमा झण्डै ७ कोषको दूरीमा १,००० मिटरदेखि २,८०० मिटरसम्मको क्षेत्रको बीचमा कोईलीको कुहूँ–कुहूँ आवाजले गुञ्जायमान हुने १,८२२ मिटर उचाइमा कुहूँ नामको मनमोहक गाउँ ऐतिहासिक विरासत, प्राकृतिक सुन्दरता र अर्गानिक उत्पादनका लागि प्रख्यात छ । बेनीबाट गाडीमा कुहूँ गाउँ पुग्ने पाँचवटा सडक छन् । जसमध्ये केही छोटो दूरीको रुपमा बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै कुहूँ १४ किलोमिटर दूरीको सडक प्रयोग गर्न सकिन्छ । त्यस्तै अन्य सडकहरुमा बेनी–अर्थुङ्गे–पात्लेखेत–वाखेत गाउँ हुँदै कुहूँ १५ किलोमिटर र बेनी–अर्थुङ्गे–झिँ–टोड्के हुँदै कुहूँ १९ किलोमिटर दूरी छ । बेनी–सिम–पैयुँपाटा–तुसारपानी हुँदै कुहूँ जोड्ने २९ किलोमिटर दूरीको सडकबाट आवतजावत गर्ने क्रममा प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानीमा स्नान गर्न र रमाउन पनि सकिन्छ भने बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के–कुहूँ जोडने १९ किलोमिटरको सडकमा धार्मिकस्थल गलेश्वरधामको दर्शन गर्न सकिन्छ । पछिल्लो समय बेनी–सिमलचौर–मिठौला–कुकुरबिसौना–खानीगाउँ–पूर्णगाउँ–कुहूँसम्मको यात्रामा वैकल्पिक सडकको रुपमा रहेको छ । म्याग्दी (१,०७,०३३) को मंगला गाउँपािलका (१४,६८८) वडा नं. १ मा १,५५३ महिला र १,३८८ पुरुष गरी २,९४१ जनसंख्या अनि १६.२ वर्ग किमी क्षेत्रफलमा फैलिएको कुहूँ गाउँ चिटिक्क परेको बाक्लो वस्ती, खेतीका लागि उर्वरभूमि, प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको ठाउँ हो । मगर राज्य र मगरभाषा कुहूँको ऐतिहासिक पहिचान थियो जुन भाषामा कुहूँको अर्थ काख हुन्छ । प्राकृतिक हिसाबले भित्री कुनासम्म घना जङ्गलको काखमा लम्पसार परेर रहेको अनि बिहानीको मिर्मिरेमा पूर्णगाउँको शिर टोड्के र डडुवाको धुरीबाट उदाउने सूर्योदयले कुहूँ निकै रमाइलो देखिन्छ । गाउँको तल्लो भाग मजुवा तथा रनबाङ्मा लटरम्मै फल्ने धान खेती र माथिल्लो भेगमा ढुङ्गो पाउन मुस्किल पर्ने गरी रहेको कालो र कमलो खालको माटैमाटो भएको जग्गामा तरकारी खेती मनग्य मात्रामा उत्पादन हुन्छ ।

कुहूँको वस्ती मात्रै होइन कि यही वस्तीका मान्छेहरु पनि देवता जस्तै असल छन् भन्ने बालसुलभ बुझाई गरेका कैयन प्रभावशाली व्यक्तित्वहरु यो बुझाइलाई दुनियासामु फैलाउँदै कति जना त जीवनको उत्तराद्र्धमा हुनुहुन्छ भने कतिपय विश्वको विभिन्न स्थानहरुमा रहनुभएको छ । विश्वको जुनसुकै कुनामा रहेपनि यो भूमिलाई सम्झेर सम्भव हुने हर प्रकारको सहयोग कुहूँलाई गरिरहनुभएको छ । कुहूँ गाउँ र गाउँवासीहरुलाई लामो समयदेखि योगदान गरिरहनुभएका उदाहरणीय अग्रज समाजसेवी–शिक्षाप्रेमी थाईबाङे पण्डितका नामले चिरपरिचित कृष्णप्रसाद शर्मा, राजनीतिमा उदाउँदै गर्नुभएकी महिला नेतृ जिसस म्याग्दीको का.वा. प्रमुख डिलकुमारी खत्री, म्याग्दीको राजनीतिमा कुहूँको उदाहरणीय नेतृत्व प्रस्तुत गरी जिल्लालाई गति प्रदान गरेको अग्रज राजनीतिज्ञ माननीय नरबहादुर पुन, गण्डकी प्रदेश र संघीय सरकारमा महिला मन्त्रीको रुपमा जिल्लाको सुुनौलो इतिहास रच्न सफल एक बौद्धिक, उदाहरणीय र राजनीतिको माध्यमबाट समाज परिवर्तनमा आफूलाई समर्पित गर्नुभएकी महिला नेतृ माननीय नरदेवी पुन, र्शक्षिक क्षेत्रलाई कर्मथलो बनाएर खोज, अनुसन्धान र अध्ययनमा श्रेष्ठतम व्यक्तित्व अनि निजामति क्षेत्रको माथिल्लो दर्जामा पुग्न सफल दर्शनाचार्य क्षेत्रबहादुर भण्डारी, गाउँलेहरुलाई साक्षर र शिक्षित बनाउन मात्र नभई विद्यालय र विश्वविद्यालयहरुको उच्च तहको अध्ययन अनुसन्धानमा निरन्तर सघाइरहने राष्ट्रिय रुपमा ख्याति प्राप्त म्याग्दीको प्राज्ञिक वैभव प्रा.डा. मिनबहादुर पुन र समाजसेवी शिक्षाप्रेमीको रुपमा जिल्लामै सुपरिचित नाम समाजसेवी दानवीर क्याप्टेन केशरबहादुर घर्ती एउटै गाउँ कुहूँका बासिन्दा हुनुहुन्छ । उहाँहरु जस्तै अभियानकर्ताहरुका बीचको आपसी सुमधुर सम्बन्ध, हातेमालो र वास्तविक योगदानले कुहूँ गाउँ एउटा सानो गाउँको रुपमा मात्र नभएर समग्र जिल्लाको बहुआयामिक क्षेत्रको कुशल र सफल नेतृत्वकर्ताहरु तथा योगदानकर्ताहरुको जन्मभूमि पनि हो ।

म्याग्दी जिल्लाका ग्रामीण भेगमा आरसीसी पक्की भवन कहीकतैँ नभएको समयमा दीपशिखा माध्यमिक विद्यालय कुहूँमा पक्की भवन निर्माण गरेर समाजसेवी क्याप्टेनले गरेको योगदानलाई यतिबेला कुहूँवासीले मात्र नभई सिङ्गों म्याग्दीले अझ बढी स्मरण गरिहेको छ । ढुङ्गा–माटोको कच्ची भवनको भूइँ र भित्तामा पालो लगाएर अबोध बालबालिकाहरुका सुकोमल हातले छ्याप्पुल–छ्याप्पुल लिप्दै र पढ्दै गर्नुपर्नै विद्यार्थीहरुका बाध्यतालाई निमिट्यान्न पार्नुहुने सो विद्यालयको व्यवस्थापन समितिको तत्कालीन अध्यक्षको रुपमा उहाँले कर्णेल नारायणसिँह पुन र अमेरिकन नागरिक मि. बबी शेखरसँगको सहकार्यमा १२ लाख, अन्य सहयोग १८ लाख गरी झण्डै ३० लाख रुपैयाँको लागत र सोही अनुसारको जनश्रमदानमा २०५८÷०५९ सालमा ट्वाईलेट र बाथरुम ६ वटासहित २० कोठे सुविधासम्पन्न पक्की भवन निर्माण र सोहीअनुसार सिर्जना गरेको शैक्षिक वातावरण साँच्चै नै अनुपम योगदानको उदाहरण हो । देशमा आन्तरिक द्वन्द्व चर्किएको समय र विद्रोहीहरुबाट ग्रामीण इलाकामा नवनिर्माणका कार्यहरु गर्न निषेधित गरिएको अवस्थामा पनि आफ्नो व्यक्तिगत र पारिवारिक सुरक्षा चुनौती झेलेर व्यक्तिगत ५० हजार रुपैयाँ दिनुपरेको अवस्थामा पनि नितान्त समाजको हितार्थ सो काम गर्नु तत्कालीन समयमा एक अब्बल दर्जाको योगदान हो । सबै पक्षसँग सन्तुलित समन्वय गर्न सक्ने खुबी, व्यक्तिगत लाभको रत्तिभर पनि लालसा नराख्ने स्वभाव र प्रशासनिक क्षमतामा काबिल डेकबहादुर बानियाँ जस्तो प्रधानाध्यापकको नियुक्तिका कारण उहाँले चरम द्वन्द्वकालीन देशको कठिन परिस्थितिमा पनि म्याग्दीको दूरदराजमा रहेको ग्रामीण क्षेत्रमा यस्तो क्रान्तिकारी, परिवर्तनकारी र शैक्षिक क्षेत्रमा कोशेढुङ्गा सावित हुने कार्य गर्नुभएको थियो । यस्ता सबै चाँजोपाँजो मिल्दामिल्दै पनि थप ४ कोठे पक्की भवनको योजना गुमेको, विभिन्न दाताहरुसँग सहकार्य गरी आउने पक्कापक्की भएको करिब २१ लाख रुपैयाँसम्मको रकम कुहूँवासीहरुको सेवामा खर्च गर्ने परिस्थिति देशको चरम द्वन्द्वकालीन अवस्थाले गुमाउन बाध्य हुनुपरेको थियो । कठिन परिस्थितिमा पनि उहाँले गाउँवासीहरुलाई गरेको महत्वपूर्ण कार्यबाट आपूmलाई सौभाग्यशाली ठानी यसको श्रेय समाजसेवी क्याप्टेनलाई दिन रुचाउने सो समयदेखिका विद्यार्थीहरु र शिक्षाप्रेमी अभिभावकहरुले यतिबेला वास्तवमै आफूहरुले समाजको एउटा अमूल्य निधि गमाएकोमा ठूलो पश्चाताप मानिरहेका छन्, सिङ्गो जिल्लाले एक महान सामाजिक अभियानकर्ता गुमाएकोमा विस्मातमा परेको छ भने उहाँको घर टुहुरो बनेको छ । जिल्लावासीहरुले मात्र नभई स्वदेश तथा विदेशका उच्च स्थानमा पुगेका म्याग्दीवासी र अझै कुहूँवासीहरुले त आफ्नो सुनौलो भविष्य निर्माणका लागि कोशेढुङ्गा सावित गर्ने सो विद्यालय र नेतृत्वकर्ताको रुपमा उहाँलाई अहिले अझ बढी स्मरण गरिरहेका छन् ।

उच्च दर्जाको व्यक्ति भएर पनि असल, सरल र सहज स्वभावका बहुआयामिक म्याग्देली गौरव महावीर पुन जस्तै सादा जीवन तर उच्च विचारको धनी, घरको मात्र नभई समाजकै अभिभावकीय साझा भूमिका, कहिल्यै कसैलाई नबिझाउने व्यवहारले जिल्लाभरका जनजनले यतिबेला सम्झिरहेको नाम हो समाजसेवी दानवीर क्या. केशरबहादुर घर्ती । म्याग्दीका प्रायः अनि बागलुङ र पर्वतका केही मठमन्दिर, विद्यालय, क्याम्पस, बाटोघाटो, सडक, पेटी र दीन दुःखीहरुलाई गरेको सहयोग र आफू स्वयं उपस्थित भई सेवा भावमा अविरल खटिएको कार्यलाई यतिबेला सिङ्गो म्याग्दीवासीले चाहेर पनि भुल्न सकेका छैनन् । किनकि समाजमा दान दिनेभन्दा समाजबाट लाभ उठाउने जमात बढ्दै गएको बेला, अकुत सम्पत्ति भएर पनि लोभ, लालच र सधैँ अभावकै जिन्दगी बाँचिरहने नेपालीको सङ्ख्या अधिक रहेकै बेला केही उदाहरणीय समाजसेवीहरु सदरमुकाम बाहिरका कुहूँ लगायतका गाउँ ठाउँमा देख्न र भेट्न पाउनु गौरवको विषय हो । बाँचुञ्जेल सम्पत्तिकै लागि मरिहत्ते गर्नै र जीवनको उत्तराद्र्धमा सबै भएर पनि वैराग्य जीवन व्यतित गरिरहेका उदाहरणहरु एकातिर भेटिन्छन् भने अर्काेतिर सम्पत्ति कमाउनेका हकमा पनि कति भए पुग्छ भन्ने हदबन्दी पनि हामीले भेट्न सकिरहेका छैनौ । ‘मन हुनेसँग धन हुँदैन र धन हुनेसँग मन हुँदैन’ भन्ने कथन पनि सधैँ सत्य नहुँदो रहेछ । समाजमा यस्ता समाजसेवी र दानवीरहरु पनि छन् जसले आफ्mनो सम्पत्ति सामाजिक सेवा, अस्पताल र विद्यालयका लागि खर्चिएका प्रशस्तै उदाहरणहरु कुहूँ जस्ता गाउँहरुमा छन् । यिनै समाजसेवी–दानवीरहरुमध्ये ऐतिहासिक, पर्यटकीय र धार्मिक महत्व बोकेको कुहूँका एक समाजसेवी, दानवीर र शिक्षाप्रेमी व्यक्तित्वका रुपमा चिनिनुहुन्छ क्या. घर्ती ।
ग्रामीण वातावरण र खान–लाउन पुग्ने घरमा जन्मिनुभएका उहाँको बाल्यकाल सुखद नै थियो । बुबाको आकस्मिक निधनले ५ वर्षकै उमेरमा न्यानो काख र सहारा गुमाउने मात्र होइन कि २१ वर्षको हुँदा आमालाई पनि गुमाएर मातपिता दुवैबाट यति छिटै बिछोडिनुपरेको निकै हृदयविदारक अवस्था थियो । दाजुहरुको दरिलो साथले धैर्यशाली भई अघि बढेर प्रारम्भिक शिक्षा दीपशिखा मावि कुहूँबाटै हासिल गर्नुका साथै तत्कालीन ब्रिटिस आर्मीका श्रीमती र छोराछोरीहरुले मात्र पढ्ने र रिटायर्ड आर्मीले अध्यापन गराउने प्रचलनको पल्टनमा उहाँले आर्मी फस्ट क्लासको अध्ययन सम्पन्न गर्नुभएको थियो । भारतबाट स्नातक उत्तीर्ण गर्नुभएका समाजसेवी क्याप्टेनले शिक्षाको महत्व राम्ररी बुझेकाले आफ्नो गाउँ ठाउँमा शिक्षाको ज्योति फैलाउन लागिपर्नुभएको थियो । २०२८ सालमा १७ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भई सन् १९७१ मा भारत र पाकिस्तान बीचको लडाइँंमा उहाँ प्रत्यक्ष संलग्न हुनुभएको थियो । आफ्नो आँखै अगाडि धेरै साथीसँगीहरुको ज्यान गयो तर सौभाग्यवशः उहाँ सकुशल मात्रै होइन कि सेवा अवधिभर कुनै चोटपटक पनि लागेन । उहाँका थुप्रै साथीहरु गम्भीर घाइते भए भने साथीहरुमध्ये एक जनाले त वीरचक्र समेत प्राप्त गरेका थिए । २८ वर्षे सेवा अवधिअन्तर्गत सन् १९८१ मा सिपाहीबाट लेसनायकमा प्रमोशन, १९८५ मा नायकमा प्रमोशन, लगत्तै हवल्दारमा प्रमोशन भई सन् १९९० मा नायक सुवेदारमा प्रमोशन, १९९५ मा सुवेदारमा प्रमोशन हुँदै १९९८ मा हेनरी कमिसनले सम्मानित भई १९९९ जनवरी २७ मा हेनरी क्याप्टेन पदमा पुग्न सफल उहाँ सोही पदबाट २०५५ माघ १३ गते सेवानिवृत हुनुभएको थियो ।
२०११ साल वैशाख २५ गते कुहूँमा जन्मिएर २०२८ सालमा १७ वर्षे उमेरमा भर्ती भई २०५५ सालमा ४४ वर्षे उमेरमा भारतीय सेनाको २८ वर्षे जागिरबाट निवृत्त भई सेवानिवृत्त जीवन २७ वर्षसम्म निरन्तर समाजसेवामा व्यतित गरी २०८२ कार्तिक १९ गते राति १२ः०० बजे अचानक छातीमा सामान्य समस्या आई १२ः१० मा कुहूँस्थित आफ्नै निजी निवासमा सबैलाई सदाको लागि सहजै छाडेर जानुभएको दुःखद क्षणले सिङ्गो म्याग्दी जिल्ला नै अहिले शोकको पीडामा छ । दीपशिखा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष–२०५६, म्याग्दी जिल्लाको ग्रामीण भेगमा पहिलोपटक आरसीसी पक्की भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष–२०५७–०५८, शिक्षक अभिभावक संघ अध्यक्ष–२०६१ र सल्लाहकार समिति संयोजक, देशमा निर्वाचित जनप्रतिनिधिहरुको म्याद सकिएको र नयाँ निर्वाचन हुन नसकेको संक्रमणकालीन समयको साझा संयन्त्र कुहूँ गाविसमा पार्टी प्रतिनिधि–२०६५ देखि २०७०, भदौरे सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष–२०७०, कृषि सञ्जाल कुहूँ–अध्यक्ष, बस्नेरा खानेपानी निर्माण उपभोक्ता समिति अध्यक्ष–२०६५, भीरकटेरा खानेपानी निर्माण उपभोक्ता समिति अध्यक्ष–२०६८, कुहूँकोट मन्दिर व्यवस्थापन समिति अध्यक्ष–२०५८ देखि हालसम्म, क्षत्री समाज कुहूँको अध्यक्षलगायत दर्जन बढी सेवामूलक क्षेत्रमा उहाँले भूमिका निभाउनुभएको थियो ।
बहादुर शाहले ऐतिहासिक पर्वत राज्यमा आक्रमण गर्ने क्रममा कुहूँका भोटु घर्ती र अंकु (अर्जुन) घर्ती दुई भाइहरुको युद्धकला देखेर वि.सं. १८४२ देखि यी दुई भाइलाई पर्वत राज्यको राजधानी ढोलठाना नजिक पर्ने कुहूँमा कुमेदान पद दिई खटाएका थिए भन्ने कुरा कुहूँका घर्तीहरुको वंशावलीमा समेत उल्लेख छ । पूर्व–उत्तर रघुगंगादेखि पश्चिम दुधेखोलासम्म हेर्ने र कजाउने बिर्ता दिई हातहतियारसहित उनीहरुलाई पठाए, जेल र नेलसमेत व्यवस्था गरिदिए । वि.सं. १८९७ सालमा आठहजार पर्वत इलाकाभित्र पर्ने पाखापानीमा तुले रोहानीले नेपाल राज्यविरुद्ध विद्रोह गर्दा सो विद्रोह साम्य पार्न यो इलाका भित्रका विभिन्न थुमका भलाद्मीहरु जुटेका थिए । त्यतिखेर कुहूँ थुमबाट अंक (अर्जुन) घर्ती, भोटु घर्ती, सि¥या पुन र रामदेउ षाति सम्मिलित भएको देखिएकाले त्यतिखेर यो कुहूँ थुमको धेरै महत्व थियो भन्ने कुरा म्याग्दीको ऐतिहासिक अध्ययनबाट प्रष्ट हुन्छ । १८औँ शताब्दीताकाको युद्ध हतियारहरु ऐतिहासिक सम्पदाको प्रमाणको रुपमा गढी र थुमहरुको सुरक्षार्थ प्राचीन लडाइँका बेला प्रयोग गरिने एक थान ढाल र एक प्रकारको ऐतिहासिक नेपाली तरबार स्थानीय कुहूँका घर्ती परिवारमा अझैसम्म पनि सुरक्षित रहेको छ । कुहूँका घर्ती परिवारले सुरक्षित गरेका यी ऐतिहासिक हतियारहरु १८औँ शताब्दीताका पाखापानी विद्रोहमा प्रयोग गरिएको जनविश्वास रहिआएको छ । यी हतियारहरुले तत्कालीन पर्वत राज्यकालीन स्थानीय प्रतिरोध र सशस्त्र संघर्षको स्मृति बोकेको छ । फलामको बाक्लो, बाङ्गो ब्लेड भएको प्राचीन तरवार जस्तै यो हतियार तत्कालीन सैन्य शैली, सुरक्षाको आवश्यकता र सशक्त प्रतिकार क्षमताको प्रतिक हो । करिब २ सय ५० वर्षबढी पुरानो ढालले लडाइँमा आक्रमणबाट शरिर जोगाउने काम गथ्र्यो । सम्भवतः समात्ने भागको लागि वा प्रयोगमा परेको क्षतिको कारणले ढालमा दुईवटा प्वाल देखिन्छन् । कुहूँ थुम हालको मंगला–१, म्याग्दीमा घर्ती परिवारले यस्ता ऐतिहासिक अस्त्रहरुलाई आज पनि सांस्कृतिक सम्पदाको रुपमा संरक्षण गर्दे आएका छन् । यस्ता सामग्री संरक्षणले नेपाली स्थानीय विद्रोह, सैन्य इतिहास र परम्परागत युद्ध प्रविधिको जीवन्त प्रमाण प्रस्तुत गर्छन् । राजाले लेखिदिएको बिर्ता पत्र हतकडी, प्रमाणस्वरुप रहेको खुँडा र तरबारहरु घर्ती परिवारद्वारा कुहूँ भगवती मन्दिरमा लगेर सुरक्षित राखिएको छ । दुई भाइका सन्तानमध्ये कुनै एक भाइ बाबियाचौर सल्यानमा र एक भाइका सन्तान कुहूँमा बसोबास गर्दै आएका युद्धकलामा पोख्त भोटु घर्ती र अंकु (अर्जुन) घर्तीको विरासत समाजसेवी दानवीर क्याप्टेनमा पनि थियो । यसका साथै स्थानीय सामाजिक अगुवा र विद्धान व्यक्तित्व, कुहुँ रेडक्रसका सभापति, शिक्षक महासंघ मंगलाका अध्यक्षलगायत विभिन्न संघसंस्थामा आबद्ध रहनुभएका दीपशिखा मावि कुहूँका पूर्वपूधानाध्यापक, जिल्लाकै एक अब्बल शिक्षक र विभिन्न पाँचवटा विषयमा स्नातकोत्तर हासिल गर्नुभएका भद्रबहादुर धर्तीसँग अझैसम्म पनि शताब्दीऔं पूराना दुई हतियारहरु सुरक्षित छन् । परम्परागत संस्कार वा बलि दिने कार्यमा पनि प्रयोग हुने भएता पनि सेनामा प्रयोग हुने युद्ध हतियारलाई सांस्कृतिक स््म्पदा र गौरवको पहिचानको रुपमा संरक्षण हुँदै आउनु पक्कै पनि सुखद पक्ष हो । यसले ऐतिहासिक पर्वत राज्य र कुहूँ थुमको इतिहासलाई प्रतिविम्बित गर्छ । ऐतिहासिक कुहूँ थुममा रहेका घर्ती परिवारहरुसँग यस्ता ऐतिहासिक हतियारहरु सुरक्षित हुनु समग्रमा जिल्लाको लागि पनि वास्तवमै गर्वको कुरा हो । यसले पर्वत राज्य र कुहूँ थुमको सामरिक इतिहास, घर्तीहरुको सैनिक योगदान र परम्परा, संस्कृति, धर्म र परम्परा अनुसारको हतियार संरक्षण, इतिहास र पहिचान जोगाउने सामुदायिक चेतनाको उत्कृष्ट उदाहरण हो । यस्ता वस्तुलाई स्थानीय सङ्ग्रहालयमा प्रदर्शनी, डिजिटल अभिलेख वा शैक्षिक सामग्रीको रुपमा प्रस्तुत गर्नसके कुहूँको इतिहास अध्ययनमा महत्वपूर्ण योगदान पुग्नेछ भने पारिवारिक वा थातथलोको गौरवका रुपमा यसको संरक्षण अतुलनीय योगदान पनि हुनेछ ।

हाम्रो समाजमा निस्वार्थ समाजसेवा गर्ने मानिसको सङ्ख्या अत्यन्त न्यून छ । समाजसेवा पनि आजभोलि राजनीति, डलर खेती, विकासे खेती, कमाउने साधन र व्यावसायिक सफलताको माध्यम बनिरहेको छ । समाजसेवाको रुप र सारमा जे–जस्तो आवरण रहेपनि मानवकल्याण र सेवाभाव हुनेहरुलाई समाजसेवी मान्न सकिन्छ । जसले आफू र आफ्नो परिवारभन्दा पनि समाज र राष्ट्रको लागि योगदान गर्न सक्छ, त्यस्ता व्यक्ति मरेर पनि बाँचिरहेका हुन्छन् । भौतिक शरिर नरहे पनि भावनात्मक रुपले युगौँसम्म स्मरणयोग्य बन्छन् । समाजसेवी क्याप्टेनको पनि जिल्लामा उच्चकोटीको सामाजिक योगदान थियो । त्यसैले म्याग्दीवासीहरु उहाँलाई र उहाँको योगदानलाई सम्झेर अहिले रोइरहेका छन् । मानिस जन्मँदा रुन्छ र कसैको आँखामा नबिझाउने गरी बाँचेको छ । समाजमा अमूल्य योगदान गरेको छ अनि इष्टमित्र कमाएको रहेछ भने सबैलाई रुवाएर यस धर्तीबाट महाप्रस्थान गर्छ । क्याप्टेन घर्तीको योगदान समाजमा तारिफयोग्य छ । पछिल्लो समय राजनीति र समाजसेवा पनि एनजिओ–आईएनजिओ कमाउने धन्दा बनिरहेको छ । त्यसैले एनजिओ–आईएनजिओका खेतीलाई समाजसेवासँग जोडेर हेर्न सकिँदैन । समाजसेवी क्याप्टेनले गरेको योगदान र दिएको दानले सीमित व्यक्ति तथा जातिलाई मात्र होइन, सर्वसाधारणले पनि सेवा पाउने भएका छन् । उहाँले दिएको दान र गरेको योगदानबाट सर्वसाधारणले पनि गाउँमै सहज तथा गुणस्तरीय शिक्षा, शुद्ध पिउने पानी लगायतका सेवाहरु पाउने भएका छन् । यो योगदान समाजकै लागि अनुकरणीय बन्न पुगेको छ । हामी अविकसित समाजमा जन्मनु हाम्रो गल्ती होइन तर हामी मर्ने बेलासम्म पनि हाम्रो समाजको विकास हु्ँदैन भने त्यो हाम्रै गल्ती हुन्छ भन्ने भनाइलाई आत्मसात गरी समाजसेवी क्याप्टेनले समाजलाई दिएको योगदन अविस्मरणीय छ ।
गाउँलेहरुलाई बाटोघाटो, चौतारी–पोखरी, सडक र विद्यालय बनाउन मात्र होइन, उहाँले जनताका लागि खानेपानी, विद्यालय र मोटरबाटो निर्माणमा पनि निकै दान र योगदान दिएर नाम कमाउनुभएको छ । विभिन्न महायज्ञ, मठमन्दिर र समाजका विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील समाजसेवी क्याप्टेनले प्रशंसनीय योगदान गर्नुभएको छ । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील उहाँ रेडक्रसको आजीवन सदस्य भएर प्राकृतिक विपद, उद्धार र राहतमा अहोरात्र जुट्दै पनि आउनुभएको थियो । कोभिड–१९ को महामारीको कठिन समायमा आफ्नो गाउँटोलमा मात्र नभई वडा भित्रका प्रत्येक घरमा पुगेर मास्क, साबुन, स्यानीटाईजर र अति आवश्यक औषधी लगायतका स्वास्थ्य सामग्रीहरु स्वयंसेवीको रुपमा निःशुल्क वितरण गर्नुका साथै सचेतना अभिवृद्धि सञ्चालन व्यक्तिगत तवरले सम्पन्न गर्नु तत्कालीन समयको कम चुनौतीपूर्ण कार्य पक्कै पनि थिएन । सामाजिक सेवा, मानव सेवा र धार्मिक सेवामा धमाधम दान गरेर उहाँले मानिसले मरेर लैजाने केही छैन भन्ने सन्देश दिनुभएको छ । ‘सेवा नै धर्म हो’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दे दान–धर्ममा उहाँले समाजका लागि जे जसरी समर्पण गर्नुभएको थियो, त्यो स्तुत्य छ । समाजले यस्ता समाजसेवी, दानवीर र शिक्षाप्रेमीबाट सेवाभाव सिक्नृुपरेको छ ।
वि.सं. १८२५ को आसपासमा हालको पर्वत जिल्लाको तिलाहार वा त्यसको आसपासमा बसोबास गर्ने लामिछाने (घर्ती)हरुमध्ये भोटु घर्ती र अंकु घर्ती दुई भाइहरुको युद्धकलाबाट बहादुर शाह प्रभावित भई पर्वत राज्य आक्रमणपश्चात् १८४२ देखि ऐतिहासिक पर्वत राज्यको राजधानी ढोलठान दरबार नजिक पर्ने कुहूँ थुममा कुमेदान पद दिई खटाएर पठाएपछि कुहूँमा घर्तीहरुको निरन्तर बसाई रहेको भन्ने छ । कुहूँमा रहेका घर्तीहरु संख्यात्मक रुपमा कम भए पनि ऐतिहासिक योगदान, सामाजिक भूमिका र व्यक्तिगत क्षमता प्रदर्शनमा उत्कृष्ट देखिन्छन् । हालैको एस.ई.ई. परीक्षामा ४ जी.पी.ए. ल्याएर नेपालकै उत्कृष्ट विद्यार्थीहरुको पङ्तिमा आफूलाई उभ्याउन सफल दिप्शन (सचिन) र धौलागिरिको एक मात्र प्राविधिक शिक्षालयको रुपमा रहेको धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङको हेल्थ असिस्टेन्ट अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा टप गर्न सफल प्रज्ञा पछिल्लो समयका केही उदाहरणहरुले विगत र वर्तमान मात्र नभई भविष्यमा पनि सामाजिक योगदानका लागि यो परिवारबाट प्रतिभाशाली जनशक्तिको अंकुरण भैरहेको छ ।
पिता दलबहादुर घर्ती र माता कौशिला घर्तीको कोखबाट जन्मेका ४ सन्ततिमध्ये समाजसेवी दानवीर क्याप्टेन कान्छो सन्तानको रुपमा हुनुहुन्थ्यो । कुहूँ निवासी पुरनचन्द्र खत्री र डम्मरकुमारी खत्रीको छोरी धनसरा खत्रीसँग २०३६ सालमा २५ वर्षको उमेरमा उहाँले प्रेम विवाह गर्नुभएको थियो । जेठा दाजु–भाउजू टेकबहादुर–नन्दकलीबाट १ छोरा भद्रबहादुर र बुहारी सुशीला हुनुहुन्छ भने ३ नातिनीहरुमा चाहना, आशा, हसिना र १ नाति शुभम हुनुहुन्छ । १ छोरी कमला–ज्वाँइ घनबहादुर केसीबाट नाति शंकर–नातिनी बुहारी सुष्मा पुन केसी अनि पनाति लगईन र १ नातिनी सृजना–नातिनी ज्वाँइ एलन केसी अनि पनातिनी सृयान्वी हुनुहुन्छ । माइला दाजु टीकाबहादुर अविवाहित अवस्थामै मृत्यु भएको थियो । साहिँला दाजु–भाउजू बमबहादुर–जमुनाबाट २ छोरीहरुमध्ये जेठी छोरी जसुता र ज्वाँइ राजु चोखाल अनि नातिहरु जोन र जोनिस हुनुहुन्छ । कान्छी छोरी संगीता २ छोराहरुमध्ये जेठा सुप्पन र कान्छा छोरा सुशन–बुहारी रबिना मल्ल घर्ती हुनुहुन्छ । समाजसेवी क्याप्टेन केशरबहादुर–धनसराको २ छोरीहरुमध्ये जेठी छोरी गीता र ज्वाँइ बिक्रम खत्री मल्लाज हुनुहुन्छ भने १ नाति सौगात हुनुहुन्छ । कान्छी छोरी हिरा र ज्वाँइ शिव बानियाँ पुलाचौर हुनुहुन्छ भने २ नातिनीहरुमा प्रकृति, प्रज्ञा र १ नाति प्रकट हुनुहुन्छ । जेठा छोरा खगेन्द्र (दीपक)–बुहारी विष्णु केसी घर्ती र १ नाति दिप्शन (सचिन) हुनुहुन्छ । माहिला छोरा लालबहादुर (राजु) बुहारी विष्णु चोखाल घर्ती र १ नातिनी रोशिका र १ नाति रोनिक हुनुहुन्छ । कान्छो छोरा धनबहादुर (कृष्ण)–बुहारी सुजाता (गंगा) केसी घर्ती र १ नातिनी ग्लोरिया हुनुहुन्छ । यस्ता महान सामाजिक अभियन्ताको २०८२ साल कार्तिक १९ गते राति १२ः १० मा अचानक छातीमा समस्या आई मंगला गा.पा.–१ कुहूँस्थित आफ्नै घरमा उहाँको निधन भएको हो । यसरी सैनिकको जागिरबाट सेवानिवृत्त भएपछि पनि समाजसेवामा निरन्तर २७ वर्षसम्म लागिरहनुभएका क्याप्टेन घर्ती अब केबल सम्झनामा मात्रै सीमित हुनुभएको छ । आज कार्तिक २९ गते शनिवार ११औँ दिनको पुण्यतिथिमा स्वर्गीय समाजसेवी, दानवीर र शिक्षाप्रेमी क्याप्टेनप्रति भावपूर्ण श्रद्धासुमन !!!
लेखक बानियाँ, जनकल्याण मावि पुलाचौर म्याग्दीमा अध्यापनरत हुनुहुन्छ ।
मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ४९ करोडको बजेट ल्यायो
म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ४९ करोड बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ रु २९ करोड ५४ लाख ३१ हजार ८ सय र पुुँजिगततर्फ रु १९ करोड ५५ लाख गरि कुल ४९ करोड ९ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
सामाजिक विकासतर्फ शिक्षामा सशर्त अनुदान सहित रु १७ करोड ७६ लाख ८५ हजार, स्वास्थ्यमा २ करोड ७८ लाख ९४ हजार, युवा तथा खेलकुदतर्फ ३३ लाख ५० हजार लगायत भाष तथा संस्कृति, लैगिंक समानता तथा सामाजिक समावेशिकरण, सामाजिक सुरक्षा तथा संरक्षण र खानेपानी तथा सरसफाई क्षेत्रमा गरि कुल २२ करोड २ लाख ६४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।त्यस्तै आर्थिक विकास अन्तर्गत कृषिमा ४२ लाख ७५ हजार, पशु विकासमा ३३ लाख ७२ हजार, उद्योग विकासमा २४ लाख र जलश्रोत तथा सिंचाईमा २३ लाख गरि कुल १ करोड २३ लाख ४७ हजार बजेट विनियोजन भएको छ । पूर्वाधार विकासतर्फ १६ करोड ६० लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ ५ करोड, ८० लाख १० हजार र शुसासनतर्फ ३ करोड २५ लाख १० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष क्षेत्रीले बताउनुभयो ।
यसअघि गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, यातायात, कृषि, खोनपानी, सुरक्षित आवास, दिगो तथा सुरक्षित पूर्वाधार निर्माण, रोजगारीको सृजना, पर्यटन प्रवर्धन, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण तथा नागरिकको आवश्यकता अनुरुपका विकास, समृद्धि र सुशासनलाई केन्द्रीत अध्यक्ष रोकाले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद पौडेलले बजेटको कार्यान्वयन प्रक्रियालाई व्यवस्थित बनाईने बताउनुभयो । सुशासन कायम गर्दै जनमैत्री सेवा प्रवाहमा पालिका प्रतिवद्ध रहेको उहाँको भनाई थियो । गाउँसभाले अध्यक्ष रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष क्षेत्रीले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित गरेको छ ।
कुहूँ-भिरकटेरा हुदै सडक टोड्के पुग्यो, कुहूँबासीको सपना साकार
म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँ देखि भिरकटेरा हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक निर्माण भएको छ ।
मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्रि सतहदेखि २ हजार ४३० मिटरको उचाईमा रहेको टोड्के जोड्ने यो चौथो सडक मार्ग हो । यसअघि मंगला गाउँपालिका–१ पूर्णगाउँ, बेनी नगरपालिका–१० वाखेत र रघुगंगा गाउँपालिका–५ झिँ हुदै टोड्केलाई सडक सञ्जालले जोडिएको थियो । मंगला गाउँपालिका–१ का वडा अध्यक्ष एकजित रोकाले कुहूँ देखि भिरकटेरा हुदै टोड्के जोड्ने ४ किलोमिटर सडकको मार्ग (ट्याक) निर्माण सकिएको जानकारी दिनुभयो ।
“मंगला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा बिनियोजन गरेको रु. २२ लाख बजेटबाट भिरकटेरा देखि टोड्के सम्म सडकको ट्याक खोल्ने काम पुरा भएको छ,” उहाँले भन्नुभयो “सडकको घुम्ति सुधार गर्ने, ढल व्यवस्थापन गर्ने नाली र ढलानको काम केही दिनमै सम्पन्न गर्ने लक्ष्य सहित मजदुर परिचालन भएको छ ।
यो सडकबाट कुहुँ, तुसारेपानी, हिदी, दुखु, थाईवाङ, सल्यान, भरजुला, झिँ, पाखापानी, कोटगाउँ, ठाडाखानीका बासिन्दाका साथै टोड्के जाने आउने पर्यटकलाई सुविधा पुगेको छ । कुहुँका अगुवा रविन पुनका अनुसार कुहुँ–भिरकटेरा–टोड्के सडक यसअघिको कुहुँ–पूर्णगाउँ–टोड्के जोड्ने सडकको तुलनामा २ किलोमिटर कम दुरीको छ । बस, जिप, मोटरसाइकल, ट्याक्टर आवत जावत गर्न मिल्ने गरि ७ मिटर फराकिलो सडक निर्माण गरिएको पुनले बताउनुभयो । यो सडक आयोजनाका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारले रु. १ करोड बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
टोड्के हिमशृङखला, सुर्योदय, गुरासे जंगल अवलोकन, स्वच्छ हावापानी र शान्त वातावरणमा रमाउने पर्यटकहरुको लागि आकर्षक गन्तब्यको रुपमा विकास भएको छ । टोड्केका अगुवा भिम शेरचनले कुहुँ हुदै टोड्के जोड्ने नयाँ सडक निर्माण भएपछि पर्यटक आगमन बृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।
पूर्णगाउँका बासिन्दा खगेन्द्र खत्रीले कुहुँ–पूर्णगाउँ–टोड्के सडक स्तरोन्नति गर्नु छाडेर ठूलो भूगोल र बस्तिलाई ओझेलमा पार्ने गरी नयाँ सडक निर्माण भएकोमा गुनासो गर्नुभयो । पूर्णगाउँका बासिन्दाले छुट्टै वडाको माग गरेर हालै गाउँपालिकामा निवेदन दिएका थिए । सडक निर्माणका क्रममा कुहुँ र पूर्णगाउँका बासिन्दाबीचको बिवाद वन डिभिजन कार्यालय सम्म पुगेको थियो ।
यो सडक आयोजनाका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारले रु. १ करोड बिनियोजन समेत गरिएको छ । यसअगाडी यसअघि मंगला गाउँपालिका–१ पूर्णगाउँ, बेनी नगरपालिका–१० वाखेत र रघुगंगा गाउँपालिका–५ झिँ हुदै टोड्केलाई सडक सञ्जालले जोडिएको थियो।यो सडक निर्माणको क्रममा पूर्णगाउँका बासिन्दाले पहिरोका कारण बस्तीमा असर गर्ने भन्दै विरोध गरेका थिए ।
पर्यटकीयस्थल टोड्केमास्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्धारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि रहेको छ ।
नमस्कार
Search This Blog
WELCOME TO KUHUN
Featured Post
दीपशिखा मा. वि. कुहूँ एवंम् गणेश पोबिसरा स्मृति कोषको खेलकुद कार्यक्रम अन्तिम चरणमा
म्यादी को मंगला गाउँपालिका वडा नं-१ कुहूँ मा अबस्थित श्री दीपशिखा माध्यमिक विद्यालय कुहूँ को ६४ औँ वार्षिकोत्सब तथा ३२ औँ अभिभावक दिवस एवंम्...
महत्वपूर्ण लिंकहरु
- ज्ञानु रोका मगर
- बेनी नगरपालिका बेनी म्याग्दी
- मंगला गाउँपालिका म्याग्दी
- धवलागिरी गाउँपालिका म्याग्दी
- मालिका गाउँपालिका म्याग्दी
- रघुगंगा गाउँपालिका म्याग्दी
- अन्नपूर्ण गाउँपालिका म्याग्दी
- जिल्ला प्रशासन कार्यालय, म्याग्दी
- शिक्षा विकास तथा समन्वय इकाइ, म्याग्दी
- जिल्ला प्रशासन कार्यालय, म्याग्दी
- जिल्ला समन्वय समितिको कार्यालय म्याग्दी
- डिभिजन वन कार्यालय, म्याग्दी
- क्षे.शि.नि., मध्यमान्चल
- विद्यालय शिक्षक कितावखाना
- अनौपचारिक शिक्षा केन्द्र
- परीक्षा नियन्त्रण कार्यालय
- पाठ्यक्रम विकास केन्द्र
- शिक्षक सेवा अायोग
- शिक्षा मन्त्रालय

